‘उपत्यकामा कोरोना बढ्दैछ ‘एसएमएस’ विधि अनिवार्य पालन गर्नुहोस्’- प्रधानमन्त्री

काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यकामा दिनानुदिन कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढिरहेको बताएका छन् ।

केही दिनयता देशमा निम्तिएको बाढीपहिरोसहितका प्राकृतिक विपदलाई केन्द्रित गरी शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

ओलीले कोरोना नियन्त्रण गर्ने हात आम जनतामा नै रहेकाले एसएमएस विधि पालना गर्न आग्रह गरे । कोरोनाबाट जोगिन स्वास्थ्य मन्त्रालय र चिकित्सकहरुबाट सुझाइएको कुरा अपनाउन जरुरी रहेको ओलीले बताए ।

उनले भने, ‘कोरोना संक्रमण हुन नदिन मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने र हात धुने गर्नुपर्छ ।’सरकारले लकडाउन खुकुलो बनाएपछि मन्त्रालयले अनिवार्य रुपमा पालना गर्नुपर्ने एसएमएस (सोसल डिस्टान्सिङ, मास्क र स्यानीटाइज ) विधि ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here