विदेशमा रहेका २६ हजार ४ सय नेपालीको उद्धार, बुधबारदेखि उडानको नयाँ तालिका

फाइलफोटो/ सीसीएमसी

काठमाडौं, २८ असार । कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य दुईदिनको लागि रोकिएको छ ।

विमानस्थल र होल्डिङ सेन्टरको सरसफाइका लागि सोमबार र मंगलबार विदेशबाट चार्टर्ड उडान नहुने भएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुसार सिसिएमसीले जुलाई १३ र १४ तारिख उडान नगरी जुलाई १५ देखि नयाँ तालिकाअनुसार उडान गर्नेछ ।

यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को पछिल्लो बैठकले विदेशबाट नेपालीको उद्धारका लागि उडान एकसाताका लागि थप्ने निर्णय गरिसकेको छ।

सरकारले स्वदेश फर्काउन सुरु गरेदेखि असार २७ गतेसम्मको अवधिमा २६ हजार ३ सय ९६ जना स्वदेश फर्किएका छन् ।

सीसीएमसीको तथ्यांक अनुसार त्यस अवधिमा सबैभन्दा धेरै युएईबाट स्वदेश फर्किएका छन् । कुवेतबाट ५२ सय ४३ जनाको उद्धार भएको हो । मलेसियाबाट ३ हजार ५३ जना, युएई ५५ सय २६ जना नेपालीहरू स्वदेश फर्किएका छन्।

जापानबाट ४ सय ९२ जना, अफगानिस्तानबाट १८ जनाको उद्धार गरिएको छ।

यस्तै बंगलादेशबाट ८ सय ४१ जना, ओमानबाट ४ सय ९२ जना, माल्दिभ्सबाट ७ सय ९ जना नेपाल फर्किएका छन् ।

यसैगरी कतारबाट २ हजार ८ सय ८४ जना, श्रीलंकाबाट ५ जना, साउदी अरबबाट ४ हजार ३० जना जना नेपाली फर्किएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here