भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, एकैदिन २८ हजार थपिए

काठमाडौं, ३० असार । भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार मंगलबार बिहानसम्म ९ लाख ७ हजार ६४५ जना संक्रमित भएका छन् । त्यसमध्ये २८ हजार १७९ जना पछिल्लो २४ घण्टाका संक्रमित हुन् । १ लाख ३५ हजार ९६५ जना बिहीबारदेखि सोमबारसम्म संक्रमण भएकाको तथ्यांक हो ।

भारतमा संक्रमितको कुल संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २३ हजार ७२७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५४० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म संक्रमितमध्ये ५ लाख ७२ हजार ११२ संक्रमणमुक्त भएका छन् भने ३ लाख ११ हजार ८०६ जनाको उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here