कोरोना संक्रमितको लगातार दोस्रो कीर्तिमान, अहिलेसम्मको धेरै फेला

फाइलफोटो

काठमाडौं, ४ साउन । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४४ लाख नाघेको छ ।

रोयटर्समा प्रकाशित समाचार अनुसार बितेका २४ घण्टामा २ लाख ५९ हजार ८ सय ४८ जना संक्रमित फेला परेका हुन् । योसँगै कोेरोना संक्रमित संख्यामा लगातार दोश्रो दिन नयाँ कीर्तिमान कायम भएको छ ।

शुक्रबार एकैदिन २ लाख ३७ हजार ७ सय ४३ जना संक्रमित फेला परेपछि विश्वको दैनिक संक्रमित संख्यामा नयाँ कीर्तिमान बनेको थियो।

यसअघि यो कीर्तिमान जुलाई १२ मा बनेको थियो। सो दिन १ लाख ३० हजार ३ सय ७० जना संक्रमित फेला परेका थिए।

शनिबार थपिएका संक्रमितमध्ये अधिकाशं अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाबाट भएको संगठनले जनाएको छ। आइतबार यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ८६ लाख ११ हजार २३६ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९८ हजार ८८९ जनाको मृत्यु भएको छ । २६ लाख ५७ हजार ६८३ जना संक्रमित भएकोमा १५ लाख ८२ हजार ४४५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९५ हजार ७७७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४४ लाख ९२ हजार ९६९ पुगेको छ । त्यसमध्ये २१ लाख ८४ हजार १६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७८ हजार ४३० जनाको मृत्यु भएको छ । ३३ लाख ३१ हजार ४०३ जना संक्रमित भएकोमा २३ लाख ५९ हजार ७६९ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here