प्रहरीले बरामद गरेको १५ केजी सुन नक्कली

काठमाडौं, १३ साउन । प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो सुन जस्तै देखिने पहेलो धातु सुन नभई नक्कली रहेको पुष्टि भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले जफत गरेको मध्ये एक टुक्रा सुनमात्र सक्कली बाँकी सबै नक्कली रहेको पुष्टि भएको हो ।

यसअघि प्रहरीले नै कमलादीबाट १५ किलो सुन बरामद भएको भन्दै सञ्चारमाध्यममा सूचना चुहाएको थियो । तर परीक्षणको क्रममा एक टुक्र सक्कली र अरु धातुमा जलप लगाएको पाईएको प्रहरीले जनाएको छ ।

प्रहरीले फलो गरिरहेका एक मानिसले गाडीबाट झोला फ्याँलेर भागेका थिए। झोलामा हेर्दा सुनजस्तै धातु फेला परेको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै, प्रहरीले दुई थान हतियार समेत बरामद गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here