सभामुखको सुरक्षामा खटिएका एक प्रहरीमा कोरोना संक्रमण

काठमाडौं, १७ साउन । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रहरी हेडक्वार्टरमा बस्ने र सभामुखको सुरक्षामा खटिने प्रहरीमध्ये एक जनालाई कोरोना संक्रमण पुष्टि भएको सभामुख सापकोटाको सचिवालय स्रोतले जनाएको छ ।

‘सभामुखको सुरक्षाका निमित्त अगाडि गाडीमा हिँड्ने (अगुवा) मध्येका एक प्रहरीलाई कोरोना पुष्टि भएको स्रोतले जनाएको छ ।

संक्रमित प्रहरी हेडक्वार्टरमै बस्ने गरेका थिए। पछिल्ला दिनमा हेडक्वार्टरमा पनि कोरोना संक्रमित भेटिएपछि उनको पनि स्वाब संकलन गरिएको थियो।

शुक्रबार नै ती सुरक्षाकर्मीलाई संक्रमण पुष्टि भएको थियो। लगत्तै सभामुख निवासका अन्य सुरक्षाकर्मी र कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ।

संक्रमित भएपछि सभामुख निवासका अन्य सुरक्षाकर्मी र कर्मचारीको पनि स्वाब संकलन गरिएको छ। शुक्रबार काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लाे समय उपत्यकामा काेराेना संक्रमितकाे संख्या बढिरहेकाे छ । यस्तै, गृहमन्त्रालयले पनि उपत्यकामा जाेखिम बढेकाे भन्दै सुरक्षाकर्मीलाई निर्देशन दिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here