कोरोना संक्रमितको संख्या १ करोड ८९ लाख नाघ्यो, ६० प्रतिशत संक्रमण मुक्त

फाइलफोटो

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर १ करोड ८९ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ७० हजार ५४५ जना संक्रमित भएसगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८९ लाख ७० हजार ८३७ पुगेको हो ।

विश्वभर कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएको वल्र्डमिटरले जनाएको छ । बिहीबार बिहानसम्म १ करोड २१ लाख ६० हजार ६७५ जना निको भएका छन् ।

यस्तै एकै दिन ६ हजार ८३० जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ११ हजार १०८ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार ८७७ जनाको मृत्यु भएको छ । २९ लाख ६३ हजार ४८७ जना संक्रमित भएकोमा १७ लाख ७८ हजार ९२६ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here