कोरोना संक्रमितको संख्या एक करोड ९० लाख नाघ्यो

काठमाडौं, २३ साउन । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ९० लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा २ लाख ७२ हजार २५२ जना संक्रमित भएसँगै विश्वभर १ करोड ९० लाख २१ हजार ९ सय २२ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ४८ लाख ७७ हजार १ सय १५ पुगेको छ।

त्यस्तै ब्राजिलमा २९ लाख १२ हजार २ सय १२, भारतमा १९ लाख ६४ हजार ५ सय ३६ र रुसमा ८ लाख ७० हजार १ सय ८७ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । शुक्रबार बिहानसम्म १ करोड २३ लाख ४६ हजार ८९ जना निको भएका छन् ।

यस्तै एकै दिन ६ हजार २६१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख १६ हजार ५४८ पुगेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here