कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

फाइलफोटो

काठमाडौं, २७ साउन । कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ ।

जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको कोरोनाको कारण गएराति मृत्यु भएको हो ।

अस्पतालका अनुसार उनी १८ दिनदेखि आईसीयूमा उपचारार्थ थिए । क्षयरोग र निमोनियाको समस्याबाट ग्रसित रहेका उनको ट्राभल हिस्ट्री भने नखुलेको अस्पतालको भनाई छ ।

उनको शव सेनाले व्यवस्थापन गर्नेछ । उनको निधनसँगै धनुषामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । पछिल्लो समय धनुषामा समुदाय स्तरमा कोरोना फैलिसकेको अनुमान गरिएको छ । यो सहित देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here