क्रसर उद्योगको मनोमानीमा अख्तियारको चासो, प्रभावकारी अनुगमन गर्न निर्देशन

काठमाडौं, २१ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्रस उद्योगका कारण प्राकृतिक सम्पदाको अधिक दोहन भइरहेको र त्यस्ता उद्योगबाट ठूलो रकम कर छलि भइरहेको बताएको छ ।

अख्तियारले यस्ता कार्यको नियन्त्रण स्थानीय सरकारको हुने भन्दै त्यसको व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह समेत गरेको छ ।

उसका अनुसार नेपालमा संचालित क्रसर उद्योगले उद्योग संचालन सम्बन्धि मापदण्ड पुरा गरेका छैनन् । नियम र विनियमसमेत वेवास्ता गरी उद्योगहरु संचालनमा छन् ।

त्यस्ता उद्योगहरुका कारण जथाभावी खनिज पदार्थ उत्खनन्, बस्ती, बाटो, प्राकृतिक सम्पदा र प्रकृतिको अधिक दोहन हुँदा जोखीम बढेको छ ।

अख्तियारले यस्ता उद्योगको दररेट मनोमानी रहेको तथा कर र भ्याटमा समेत छलि भएको भन्दै प्रभावकारी अनुमगनको व्यवस्था गराउन नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

उसका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट , धादिङ र सिन्धुलीमा खुलेका क्रमसर उद्योगले बढी मनोमानी र बदमासी गरिरहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई साता अघि स्थानीय तहरुलाई पत्र लेखी क्रसर उद्योगमाथि प्रभावकारी अनुगमन बढाउन निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here