ग्लोबल आइएमई बैंकले कमायो साढे ३ अर्ब खुद नाफा

काठमाडौं, ३० साउन । ग्लोबल आइएमई बैंकले गत आवको चौथो त्रैमाससम्ममा साढे ३ अर्ब खुद नाफा कमाएको छ ।

बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार ३ अर्ब ५३ रुपैयाँ खुद नाफा कमाएको छ ।

जसमा ग्लोबलले गत असारसम्ममा ३ अर्ब ८ करोड नाफा कमाएको छ भने मर्जरमा जानु अगाडिको जनताले कमाएको ४५ करोड १३ लाख नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ७३ करोड रुपैयाँ छ। यसबाट सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

हाल १८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा बैंकले २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट बैंकले ८ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा २ अर्ब ९५ करोड रुपैयाँले धेरै हो।

बैंकको प्रतिसेयर आम्दानी १६.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५२.९२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.६९ गुणा छ । यस्तै, बैंकको खराब कर्जा १.८० प्रतिशत, आधारदर ८.४२ प्रतिशत, सीसीडी रेसियो ७३.१८ प्रतिशत र स्प्रेडदर ४.४३ प्रतिशत छ।

सम्बन्धित समाचारः

ग्लोबल आइएमई बैंकले ल्यायो सस्तो व्याजदरमा कर्जा योजना, सेयर किन्नेलाई ९.४९ प्रतिशतमा ऋण

ग्लोबल आइएमई बैंक, एफवीन र आइएलओबीच समझदारीपत्रमा हस्ताक्षर

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ग्लोबल आइएमई बैंकको १ करोड

ग्लोबल आइएमई बैंकद्वारा विपन्न परिवारलाई २ सय थान ब्लाङ्केट वितरण

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here