सुनको भाउ फेरि पनि उकालैतिर, कति पुग्यो तोलाको ?

काठमाडौं, ३० साउन । सुन र चाँदीको मुल्य फेरि उकालो लागेको छ । शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार ६ सय रुपैयाँ पुगेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।

यस अघि विहिबार सुन ९७ हजार ८ सयमा कारोबार भएको थियो । विहिबार सुन तोलामा एकै दिन २४ सयले बढेको थियो ।

चाँदी प्रतितोला ६० रुपैयाँले बढेर १ हजार ३५५ मा कारोबार भइरहेको छ । विहिबार चाँदीको मुल्य एक हजार २९५ प्रति तोला रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here