न्यूरोडको एक व्यापारीमा कोरोना, भदौ ७ गतेसम्म न्यूरोडका पसल बन्द

काठमाडौं, ३० साउन । एक व्यापारीमा कोरोना भाइरस संक्रमण देखिएपछि न्यूरोड क्षेत्रका पसल बन्द गरिएको छ ।

व्यापारीमा संक्रमण देखिएपछि वडा कार्यालयको अनुरोधमा न्यूरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो ।

वडा नं. २४ कार्यालयले एक सूचना जारी गर्दै आजदेखि भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न अनुरोध गरेको छ ।

‘न्यूरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा मिति २०७७ साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध शालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ,’ वडाले जारी गरिएको सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here