दुईमहिनामा बाढी, पहिरो र चट्याङले लियो २३१ जनाको ज्यान, ७७ बेपत्ता

काठमाडौं, ३२ साउन । मनसुन सक्रिय भएयता बाढी पहिरोमा परेर (जेठ ३० गतेदेखि साउन ३१ गतेसम्म) २ सय ३१ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकको लिदीमा ७ जनाको शव पहिरोबाट निकालिएसँगै उक्त संख्या २ सय ३१ पुगेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरोमा ७७ जना हराईरहेका छन् ।

पहिरोबाट सवैभन्दा धेरै २०६ जनाको मृत्यु भएको छ। दुईमहिनाको समयमा सिन्धुपाल्चोक जिल्लामा बढी मानिसको पहिरोमा परी ज्यान गएको छ।

विभिन्न स्थानमा पहिरोमा परी ६६ जना बेपत्ता छन्। उनीहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायत खोजी कार्य गरिरहेका छन् ।

पहिरोमै परी १६१ जना घाइते भएको प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

मनसुन शुरु भएपछि बाढिबाट ४ जनाको मृत्यु, ११ जना बेपत्ता र १ जना घाइते भएका छन् । त्यस्तै चट्याङबाट २१ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्।

बैशाखयता बाढी, पहिरो र चट्याङमा परी २६६जनाको मृत्यु

बैशाखयता पहिरो, बाढी र चट्याङका घटनामा परी २६६ जनाले ज्यान गुमाएका छन् ।

जसमा ७८ जना हराईरहेका छन् भने ३३० जना घाइते भएका छन्। तथ्याङ अनसार पहिरोका घटनामा परी २०८ जनाको मृत्यु, ६६ जना वेपत्ता भएका छन् । १६२ जना घाइते भएका छन्।

सोही अवधिमा बाढीका घटनामा परी ७ जनाको मृत्यु, १२ जना बेपत्ता र ३ जना घाइते भएका छन्।

यो अवधिमा चट्याङ् लागेर ५१ जनाको मृत्यु भएको छ भने १६५ जना घाइते भएका छन्।

सम्बन्धित समाचारः

दक्षिण एसियाका ४० लाख बालबालिका बाढी पहिरोबाट प्रभावित

भूकम्प, कोरोनापछि अब बाढी पहिरो बीमा, विपत्तिले गर्ने क्षतिबाट रक्षावरण

सिन्धुपाल्चोकको बाढी-पहिरोमा बेपत्ता हुनेको पहिचान (नामावलीसहित)

कस्तो ठाउँ पहिरोको जोखिममा, कसरी थाहा पाउने पूर्व संकेत ?

कहिलेकाहीँ घरले पनि दिन्छ पहिरोको पूर्व संकेत, यसरी थाहा पाउनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here