नागरिक लगानी कोषले १०० कित्ताबराबर ८२ कित्ता हकप्रद सेयर दिने

काठमाडौं, १ भदौं । नागरिक लगानी कोषले हकप्रद सेयर जारी गर्ने भएको छ । प्रतिसेयर सय रुपैयाँ दरले १ अर्ब ३५ करोड ९२ लाख रकमबराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । उक्त सेयर सय कित्ताबराबर ८२ कित्ता दिन लागेको हो ।

उक्त हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको कोषले जनाएको छ ।

हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्बन्धितः

चन्द्रागिरि हिल्सले गर्‍यो आइपीओ निष्काशनका लागि नागरिक लगानी कोषसँग सम्झौता

नागरिक लगानी कोषको स्टक डिलरको सीइओको लागि दरखास्त आह्वान

नागरिक लगानी कोषले २२ प्रतिशत बोनस शेयर दिने, लगानीको आकार १ खर्ब २५ अर्ब

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here