निषेधाज्ञामा अत्यावश्यक सेवा नरोक्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, ३ साउन । नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकालगायतका विभिन्‍न स्थानमा निषेधाज्ञा जारी भएपनि बैक तथा वित्तीय संस्थालाई अत्यवश्यक सेवा नरोक्न निर्देशन दिएको छ ।

राष्ट्र बैंक नियमन विभागले बुधबार एक सूचना जारी गरेर स्थानीय प्रशासनको आदेशको पालन गर्दै बैंक तथा वित्तीय संस्थालाई न्यूनतम बैंकिङ सेवा सुचारु गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

सूचनामा बैंकहरूले विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता गरी आफ्ना ग्राहकलाई सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न सुचित गर्नुपर्ने उल्लेख छ ।

विद्युतीय माध्यमबाट हुने कारोबारलाई सुनिश्चितता गरि ड्राफ्ट, टीटी, प्रतितपत्र, ग्यारेन्टीलगायतका सेवालाई पनि निरन्तरता दिन राष्ट्र बैंकले निर्देशन दिएको छ।

त्यस्तै एटिएम मेसिनमा पर्याप्त रकम राखेर त्यसको निगरानी गर्नलाई समेत निर्देशन दिएको छ।

उपत्यका प्रशासनले बुधबार राति १२ बजेदेखि काठमाडौं उपत्यका लगायतका ठाउँहरुमा निषेधाज्ञा लागू गर्ने निर्णय गरिसकेको छ ।

यो पनि ।

बिहीबारदेखि उपत्यकामा बैंकका ८ वटा मात्रै शाखा खुल्ने

एनएमबीको ‘ओम्निच्यानल’, अनलाइनबाटै २५ भन्दा बढी सुविधा

बैंकर्स संघको अपिल, घरबाटै कारोबार गरी सुरक्षित बनौं

एनआईसीको अफर: बुबाको मुख हेर्नेदिन कार्डमार्फत उपहार खरिदमा ३० प्रतिशतसम्म छुट

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here