‘विद्युतीय सवारी चलाउन सहयोग भएन, लाखौंका सामान अलपत्र’

सांकेतिक तस्वीर

काठमाडौं, २३ बैशाख । सार्वजनिक यातायातमा विद्युतीय सवारी साधन सञ्चालन गर्न तयार सुन्दर यातायातले विद्युतीय सवारी प्रवद्र्धन गर्ने सरकारको योजना भएपनि आफूले आवश्यक सहयोग नपाएको बताएको छ ।

यातायातले सोमबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा सवारी साधन सञ्चालन तथा प्रयोगमा प्रोत्साहन गरीने भनिए पनि आफूहरुले काम गर्न खोज्दा आवश्यक सहयोग नपाएको बताएको हो ।

सरकारले विद्युत युनिट दर रेट निर्धारण गर्न नसकेको, विद्युतीय सवारीसाधनको भाडा दर कायम गर्न नसकेको र विद्युतीय सवारी साधनको नीति बनाउन नसकेको अवस्था रहेको यातायातले बताएको छ ।

सरकारको वातावरण मैत्री सवारी साधन सञ्चालनको नीतिलाई केही मात्रामा सहयोग पुर्याउने उद्देश्यले बस तथा चार्जिङ स्टेशन सञ्चालनको लागि आवश्यक मेसिन तथा सामग्रीहरु आयात गरी सकेको तर सवारी सञ्चालन गर्न नपाएको उसकाे गुनासो छ ।

विज्ञप्तीमा भनिएको छ, ‘सरकारलाई नीति नियम बनाइदिन पटकपटक सम्बन्धित निकायमा निवेदन गर्दा पनि नीति नियम बनाउनेतर्फ कुनै चासो र सक्रियता लिएको देखिँदैन ।’

यसै कारण लाखौं खर्च गरेर ल्याएका सामानहरु प्रयोग विहिन भई थन्किएरहेको अवस्थामा रहेको उसले बताएको छ ।विद्युतीय सवारी आयातमा छुट, प्रोत्साहन र चार्जिङ स्टेसनमा लाग्ने भन्सार छुटको घोषणा गरेपनि व्यवहारमा लागु भएको नभएको यातायातले बताएको छ ।

यातायातका अनुसार आव २०७५/७६ मा नीति तथा कार्यक्रम पछि आयातित समानहरु गोदाममै थन्काइएको छ ।

पुन २०७६/७७ को नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधन सञ्चालन तथा प्रोत्साहन गरीन्छ भनी उल्लेख भएअनुसार नीति नियम बनाई छिटोभन्दा छिटो कार्यान्वयनतर्फ लैजानुपर्ने पनि यातायातको माग छ ।

विज्ञप्ती :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here