उपत्यकामा निषेधाज्ञा तोड्ने ९ हजार ३ सय ८४ सवारी साधन कारवाहीमा

फाइलफोटो

काठमाडौं, १२ भदौं । काठमाडौं उपत्यकामा घोषित निषेधाज्ञा तोड्दै गुडेका ९ हजार ३ सय ८४ सवारी साधन कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका तथ्यांक अनुसार एक सातामा उपत्यकामा ९ हजार ३ सय ८४ सवारी साधनलाई कारवाहीस्वरुप होल्ड गराइएको हो । उक्त कारबाही भदौं ४ गतेदेखि ११ गतेसम्मको हो । यसरी होल्डमा पर्नेमा ७ हजार ७ सय ३ दुई पाङग्रे सवारी हुन् ।

चारपाङग्रे सवारीको संख्या भने १६ सय ८१ वटा छ । बिहिबार मात्र निषेधाज्ञा उलङ्घन गर्ने १ हजार तीन सय ३४ वटा सवारी कारवाहीमा परेका छन् । होल्ड गरिएका सवारी साधान साँझ ८ बजेपछि मात्र सवारी धनिले फिर्ता पाउँछन् ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका जिल्ला सुरक्षा समितीको निर्णय अनुसार उपत्यकाभित्र बिहिबारदेखि दोस्रो चरणको निषेधाज्ञा निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञामा अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ ।

सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार औषधी तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन पाउने छैनन् ।

निषेधाज्ञा उलंघन गरे १ महिना कैद, ५०० जरिवाना

विद्यमान कानून अनुसार निषेधाज्ञा उलंघन गरे १ महिना कैद वा ५०० रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) अनुसार स्थानीय प्रशासन वा सरकारले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्नेलाई १ महिना कैद वा ५ सय रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था छ ।

यस्तै, संक्रामक रोग ऐन, २०२० को दफा २ मा मानिसमा कुनै पनि संक्रामक रोग उब्जे वा फैलिए वा फैलिने सम्भावना देखिए नेपाल सरकारले सो रोग निर्मूल वा रोकथाम गर्न आवश्यक कारबाही गर्न सक्ने उल्लेख छ ।

त्यस्तो अवस्थामा सर्वसाधारण वा कुनै पनि व्यक्तिहरूको समूहउपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने उल्लेख छ । यस्तो आदेश उल्लंघन गरे १ महिना कैद वा १०० रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सकिने उल्लेख छ ।

उपत्यकाभित्र दोस्रो चरणको निषेधाज्ञा, सडकमा मानिसको उपस्थिति न्यून

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here