प्रोग्रेशिभ र सिटी एक्स्प्रेस फाइनान्स कनेक्ट आइपिएस भुक्तानी प्रणालीमा आवद्ध

काठमाडौं, २४ बैशाख । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस विद्युतीय भुक्तानी प्रणालीमा प्रोग्रेशिभ र सिटी एक्स्प्रेस फाइनान्स आवद्ध भएका छन् ।

उक्त फाइनान्स कम्पनीहरुका ग्राहकहरुले पनि अब यस प्रणालीको अनलाईन पोर्टल अथवा मोबाईल एप्स मार्फत सिधै आफ्नो बैक खाता प्रयोग गरी अनलाईन कारोबार गर्न सक्नेछन् ।

यस प्रणालीमा बैंकतथाफाइनान्स कम्पनीकाग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराईयसमाउपलब्धहुने सेवाहरु प्राप्तगर्न सक्ने व्यवस्था रहेको छ ।

हाल यस प्रणाली मार्फत् नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको परिक्षा शुल्क भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल  भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड र अनलोड, सेयर ब्रोकरको भुक्तानी, डिम्याट् र मेरो सेयरको नविकरण भुक्तानी गर्न सकिने व्यवस्था रहेका छन् ।

उक्त प्रणालीमा उपलब्ध पेमेन्ट गेटवेजडान भएका मर्चेन्ट पोर्टलहरुमा समेत भुक्तानी गर्न सक्नेछन् । यसबाट ग्राहकले कारोबार गर्दा अनलाईन पोर्टल मार्फत प्रति कारोबार रु. १ लाख सम्म र मोबाईल एप्स मार्फत प्रति कारोबार रु. ५ हजार सम्मको भुक्तानी कारोबार गर्न सक्ने व्यवस्था रहेको बताइएको छ ।

कनेक्ट आइपिएस विद्युतीय भुक्तानी प्रणालीकोे लागी हाल सम्म ५४ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हाल सम्ममा ४७ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here