वान प्लसका दुई मोबाइल रिचार्जर एपमा सार्वजनिक, खरीदमा कोभिड प्रोटेक्टिभ गिफ्ट

काठमाडौं, २१ भदौ । मोबाइल एप रिचार्जरले चर्चित ब्राण्ड वान प्लसका पछिल्लो संस्करणका मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ ।

वान प्लस ब्राण्डका पछिल्ला संस्करण वान प्लस ८ र वान प्लस ८ प्रो मोबाइल नेपालमा बिक्री गर्न रिचार्जरले वान प्लस मोबाइलको आधिकारिक बिक्रेता आई हब प्रालिसँग सम्झौता गरेको थियो ।

भदौ ११ गतेदेखि जारी मेगा ग्याजेट्स सेल मेलाको अवधि एक साता थप गर्दै रिचार्जरले एनआईसी एशिया बैंकसँगको सहकार्यमा वान प्लसका मोबाइलमा छुट अफर ल्याएको हो ।

अफरअन्तरगत एनआईसी एशिया बैंकका खातावाहकले वान प्लस ८ र वान प्लस ८ प्रो मोबाइल किन्दा ३ हजार रुपैंया नगद फिर्ता पाउने छन् । एनआईसी एशिया बैंकको इन्टरनेट बैंकिङ, डेविट तथा क्रेडिट कार्डबाट वान प्लस मोबाइलको महसुल भुक्तान गर्नेहरुले तत्काल ३ हजार रुपैंया नगद फिर्ता पाउने छन् ।

त्यसै गरी रिचार्जरले वान प्लसका मोबाइल खरिद गर्ने सबैलाई २ हजार रुपैंया बराबरको कोभिड प्रोटेक्टिभ गिफ्टह्याम्पर उपलब्ध गराउने जनाएको छ ।

१२ जीबी ¥याम र २५६ जीबी रोम भएको वान प्लस ८ को बजार मूल्य रु ९३ हजार छ भने १२ जीबी ¥याम र २५६ जीबी रोमयुक्त वान प्लस ८ प्रोको बजार मूल्य रु. १ लाख २५ हजार तोकिएको छ ।

सम्बन्धितः

वानप्लस सेभेन टि प्रो नेपालमा सार्वजनिक, मूल्य १ लाख

वानप्लस सेभेन–प्रो नेपालमा, ०.२१ सेकेण्डमै अनलक हुने

मेगा सेल मेला भदौै २६ गतेसम्म रिचार्जर एपमा सञ्चालन हुनेछ ।
सेल मेलाको आकर्षणका रुपमा एमएचआई ब्राण्डको उच्च गुणस्तरको केएन ९५ बेबी मास्क रहेको छ । हरेक मोबाइल र इलेक्ट्रोनिक्सको खरिदमा रिचार्जरले १ हजार देखि ५ हजार रुपैंयासम्मको गिफ्ट ह्यामपर उपलब्ध गराउनेछ ।

कोभिडको सुरक्षा सामग्री सस्तो मूल्यमा बिक्री गर्दै आएको रिचार्जरले सेल मेलामा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउनेछ । एनआईसी एशिया बैंक, सुद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक र मेगा बैंकका क्रेडिट कार्ड भएका ग्राहकले शुन्य प्रतिशत व्याजदरमा किस्ता बन्दीमा सामान खरिद गर्न सक्ने छन् ।

लकडाउनका बेला सेवाग्राहीलाई छुटसहितको अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा रिचार्जरले शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउने छ ।

ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरका अनुसार नाफा कमाउने उद्धेश्यले नभई असहज परिस्थितीमा सहज किसिमले आर्थिक व्यवस्थापन गराउँदै सेवाग्राहीलाई घरमै सामान उपलब्ध गराउन लागिएको हो ।

ब्रान्डेड सामग्रीहरूको मेगा सेल ग्याजेट्स मेला अवधिमा दैनिक रुपमा सञ्चालन हुने ह्याप्पी आवरमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा सामान गरिद गर्न सक्ने छन् ।

सम्बन्धितः

पाँच वाणिज्य बैंकसँग रिचार्जरको छुट सम्झौता, मेगा सेल मेलामा ५० प्रतिशतसम्म छुट

रिचार्जरबाट स्वास्थ्य सामग्री किन्दा मेगा बैंकका ग्राहकलाई १० प्रतिशत छुट

एनआईसी एशिया बैंकको ‘क्यूआर रिफर एण्ड अर्न’ योजना

एनआईसी एशिया बैंकमा ऋणका लागि आवेदन दिन अब खल्तीबाटै

एनआईसी एशिया बैंकको खातामा पैसा जम्मा गर्न यसरी भर्नुहोस् अनलाईनबाटै भौचर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here