कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, कुल मृत्युदर ०.६३ प्रतिशत

काठमाडौं, २४ भदौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घण्टामा ३ महिला र ३ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुष, कास्कीका ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीया महिला र नवलपरासीका ६४ वर्षीय पुरुष रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय १२ पुगेको छ। नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here