उपत्यकाको निषेधाज्ञा नयाँ मोडलिटीमा, के खुल्छ, के खोल्न पाइँदैन?

काठमाडौं, २४ भदौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ।

बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेका हुन् ।

नयाँ मोडालिटी अनुसार बिहीबारबाट जोर बिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने लगायतका निर्णय भएको छ ।

त्यस्तै पसल पनि समय निर्धारण गरेर सञ्चालन गर्ने दिइने भएको छ ।

कार्यालय र व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार सञ्चालन गर्न दिने सहमति भएको छ । यसअघि बन्द गरिएका क्षेत्र अर्को निर्णय नहुँदासम्म बन्द नै रहने छन् ।

१४ सिटभन्दा माथिका सवारीसाधन चल्छन् । तर, माइक्रो बस, टेम्पोमा भने रोक लगाइएको छ । ट्याक्सीलाई भने सहजरुपमा चल्नेछन् ।

निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न पाइने छैन।

पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन। उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा बुधबार मध्यरात १२ बजे सकिँदै छ ।

भदौ ३, १० र १७ गते कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

के खुल्छ, के खोल्न पाइँदैन?

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here