आईएमई र जीएमई रेमिटेन्सको कारोबार नेपाल क्लियरिङ्ग हाउसवाट

काठमाडाैं, २७ बैशाख । जीएमई रेमिटेन्स र आईएमईका ग्राहकले नेपाल क्लियरिङ हाउसमार्फत एनसीएचएल आइपीएस र कनेक्ट आइपीएस प्रणालीमार्फत सिधै बैंक खातामा जम्मा हुने गरी कारोबार गर्न सक्ने भएका छन् ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न रेमिटेन्स कम्पनीहरुको कारोबारहरु बैंक मार्फत लाभग्राहीहरुको खातामा जम्माहुने व्यवस्थागर्दै आएकोमा उक्त सुविधालाई थप सहज र सरलिकृत हुने गरी जीएमई रेमिटेन्स र आईएमईलाई पनि आफ्नो प्रणालीमा आबद्ध गरेको हो ।

यसरी आवद्धभएका रेमिटेन्स कम्पनीहरुले रेमिटेन्स भुक्तानीका कारोबारहरु कनेक्ट आईपीएस प्रणालीमार्फत तुरुन्तै भुक्तानी गर्न सक्नेछन् भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आइपीएस मार्फत तोकिएको समय सीमामा सदस्य बैंकहरुमा रहेका खाताहरुमा जम्मा गर्न सक्नेछन् ।

एकिकृत प्रणाली मार्फत ग्राहकले तुरुन्तै भुक्तानी प्राप्त गर्नेदेखि रेमिटेन्स कम्पनीले बैंक खातामा जम्मा गर्ने भुक्तानी सेवाको गुणस्तर बृद्धिहुने अपेक्षा गरिएको छ ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपीएस प्रणालीमा ४७ र एनसीएचएल आइपीएस प्रणालीमा ७९ सदस्य बैंकहरु वित्तीय संस्थाहरु आवद्ध रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here