गण्डकी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच सम्झौता

काठमाडाैं, २७ बैशाख । गण्डकी विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा एक सम्झौता भएको छ।

सम्झौता अनुसार गण्डकी विकास बैंक लिमिटेडले देश भर रहेका आफ्ना ७७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना,डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरीपूर्व मेची देखि पश्चिम महाकाली सम्म २२ वटा शाखाहरूबाट कारोबार सुरु गरिसकेको छ ।

सम्झौतामा गण्डकी विकास बैंकलिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here