जिम जाने सोच छ ? यी ५ कुरामा ध्यान दिनुहोस्

काठमाडाैं । अहिलेका अधिकांश युवायुवती आफ्नो शरीर आकर्षक र सुगठित बनाउन चाहन्छन् । युवापुस्ता माझ शरीरलाई स्वस्थ र आकर्षक बनाउनको लागि जिममा गएर व्यायाम गर्ने ट्रेन्ड फेसनकै रुपमा बढेको छ ।

आफ्नो शरीरलाई चुस्त दुरुस्त राख्नको लागि जिम जानु राम्रो बानी पनि हो । तर, केहिले जिममा गलत तरिकाले अभ्यास गर्छन् जसले राम्रो प्रतिफल दिँदैन ।

यदी तपाई पनि जिम जान चाहानुहुन्छ भने तपाईंले केहि महत्वपूर्ण कुरामा ख्याल गर्नु पर्छ । यदी तपाई ले जिम को पहिलो दिन नै धेरै काम गर्नु भयो भने भोलीपल्ट तपाईंलाई गाह्रो हुन सक्छ ।

त्यसैले आज हामी तपाईंलाई केही यस्ता सुझावहरु दिन गइरहेका छौं जसलाई अपनाएर तपाईंले आरामसँग आकर्षक शरीर बनाउन सक्नुहुन्छ ।

पहिलो दिन जिम जादा शरीरलाई दुःख हुने गरी काम गर्नुहुँदैन र हल्का फुल्का मात्रै एक्सरसाइज गर्नुपर्छ । जिम गर्नु भन्दा अगाडी जहिले पनि वार्मअप गर्न आवश्यक छ र यो कुरा जिम गर्दा कहिले पनि नभुल्नुहोस् ।

जिम गर्दा निम्न कुरामा ध्यान दिनुहोस्ः

१. खाली पेट नजाने

जिममा वर्कआउट गर्नु भन्दा अगाडी कहिले पनि खाली पेट नजानुहोस् । यदि तपाईं खाली पेटमा जिम जानु भयो भने चक्कर आउन सक्छ । केहि यस्तो कुरा खाएर जानुहोस् जुन तपाईले सजिलै पचाउनु सक्नुहुन्छ ।

२. वार्मअप गर्ने

जिम गर्नु भन्दा अगाडी वार्मअप गर्नु धेरै आवश्यक छ । वार्मअप नगरीकन गह्रौं र कडा उपकरणहरु उचाल्दा तपाईंलाई खतरा हुन सक्छ ।

जिम गर्नु भन्दा पहिले आफ्नो शरीरलाई तताउन जरुरी छ जस्ले गर्दा तपाईंलाई घाउ, चोट नलागोस् । वार्मअप गरे पछी तपाईंको शरीर लचीलो हुन्छ जस्ले गर्दा तपाईंलाई जिम गर्न सजिलो हुन्छ ।

३. कार्डीयो

कार्डीयो गर्नु भन्दा अगाडी थोरै स्ट्रेचिंग गर्नु पर्नेछ । एकै दिन सबै थोक गर्छु भन्दा शरीरमा तागत बच्दैन त्यसैले जिमको पहिलो दिन तपार्इंहरुले विस्तारै एक पछि अर्को अभ्यास गर्नु राम्रो हुन्छ ।

४. तौल धेरै नउठाउने

जिमको पहिलो दिन धेरै तौल नउठाउनुहोस् जस्को कारणले गर्दा तपाईंको मांसपेशीमा असर गर्न सक्छ । जिममा तौल उठाउने मात्रै नभई कहिलेकाँही तपाईंले साइक्लिङ गरेमा पनि यसले राम्रो फाइदा दिन्छ ।

५. धेरै मेहनत नगर्नुहोस्

तपाईंले जिम गर्दा सुरुसुरुमा हेभी वर्कआउट गर्नु हुन्न । सुरुवाती समयमा धेरै मिहेनेत गर्नु आवश्यक हुदैन । यदि तपाईंले सुरुमै धेरै मिहेनत गर्नु भयो भने तपाईंको शरीर लखतरान हुन्छ । जिमको सुरुवाती दिनमा आफ्नो उर्जा चलाख तरीकाले उपयोग गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here