अर्थमन्त्रीले पेश गरे बजेटका प्राथमिकता, उच्च आर्थिक वृद्धिको लक्ष्य

काठमाडौं, २७ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्तहरु संसदमा प्रस्तुत गरेका छन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठकलाई सम्बोधन गर्दै उनले आगामी वर्षको बजेटमा उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न आयातलाई प्रतिस्थापन र निर्यात बढाउन जोड दिइने बताए ।

समृद्ध नेपाल र सुखी नेपालीको नारा हासिल हुने गरी आउने बजेटको कार्यान्वयनबाट आगामी वर्ष ७ प्रतिशत आर्थिक वृद्धिदर हुने पनि दाबी गरे ।

सामाजिक सुरक्षा सहितको आर्थिक वृद्धिदरमा जोड दिएर दिगो विकासका लक्ष्यहरु पूरा गर्ने गरी बजेट ल्याउने पनि उनले बताए ।

अर्थमन्त्री खतिवडाका अनुसार कृषि क्षेत्रमा आत्मनिर्भर हुने, रेलमार्ग जलमार्ग जस्ता ठूला पूर्वाधार आयोजनाको निर्माणमा केन्द्रित हुने सरकारको प्राथमिकता रहेको छ ।

त्यस्तै सबै नागरिकलाई रोजगारीको ग्यारेन्टी हुने गरी सामाजिक सुरक्षा कार्यक्रमले समेट्ने र आगामी वर्षलाई युवा परिचालनको वर्ष मनाइने पनि उनले बताए ।

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते आउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here