थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि, ३३०७ जना संक्रमणमुक्त

काठमाडौं, १६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ७३९ जनाको पीसीआर परीक्षणमा थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको कूल संख्या ८२ हजार ४५० पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ३३०७ जना कोरोना संक्रमणमुक्त भएका छन्। डिस्चार्ज हुनेको संख्या ६० हजार १९६ पुगेको छ। देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here