काठमाडौं, १६ असोज । काठमाडौं उपत्यकामा थप १६३८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमका अनुसार बिहीबार थप १६३८ जनामा पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १२८० , भक्तपुरका १९६ जना र ललितपुरका १६२ जना छन्। यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७४१ पुगेको छ।
काठमाडौंमा २१ हजार ६७३ ललितपुरमा २ हजार ६८७ र भक्तपुरमा २ हजार ३८१ संक्रमित पुगेका छन्।