विराट नर्सिङहोमको आइसीयूमा उपचाररत बिरामीले अस्पतालबाट हाम्फालेर फाले ज्यान

काठमाडौं, १९ असोज । विराटनगरको विराटनर्सिङ होम (विराटनगर अस्पताल) बाट हाम्फालेका बिरामीको मृत्यु भएको छ ।

आइसीयू उपचाररत मिक्लाजुङ गाउँपालिका वडा ७ मा बस्ने ५३ वर्षे अमृत गजमेरको मृत्यु भएको विराट नर्सिङ होम प्रशासनले जनाएको छ।

असोज १७ गते अस्पताल भर्ना भएका गजमेर सोमबार बिहान ५ः३० बजेतिर अस्पतालको दुई तलामाथिबाट हामफालेको जानकारी अस्पतालले प्रहरीलाई गराएको हो ।

फोक्सोमा गम्भीर समस्या देखिएको भन्दै चिकित्सकको सल्लाहमा उनलाई आईसीयूमा भर्ना गरिएको थियो ।

आईसीयूबाट गर्मी भएको बहाना बनाउँदै बाहिर निस्किएर हामफालेका गजमेर गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा ९ बजेतिर मृत्यु भएको हो । के कारणले बिरामीले हाम्फालेको भन्ने विषयमा खुल्न नसकेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here