गर्मीमा पुरूषकाे पहिरनः यसरी देखिनुहाेस् कुल एण्ड हेन्डसम

काठमाडौं । गर्मीले महिलालाई मात्र होइन, पुरुषको स्टायललाई पनि चुनौती दिइरहेको हुन्छ । फेशन प्रति सचेत व्यक्तिका लागि स्टायलिस बन्नु र मौसम सुहाउँदो पहिरन छान्नु कठिन काम हुन सक्छ ।

गर्मीमा धेरै पुरूषहरूका यस्ता गुनासा हुन्छन् ः

छोटो र छरितो लुगाले स्मार्ट देखाउँछ तर धुवाँ, धुलो र घामबाट छालाको सुरक्षा कसरी हुन्छ ?

हाफ प्यान्ट्स लगाउन मन पर्छ तर अफिस जाँदा के गर्ने ?

अझ धेरै गर्मी हुने तराई क्षेत्रमा त गर्मीमा स्टायलिस देखिन र सुहाउँदाे पहिरन छान्न ठूलै समस्या हुन्छ ।

फेसनप्रति सचेत कतिपय मानिसहरुले स्टायलिस देखिन तापक्रम कम हुने समय नै कुर्ने गरेका देखिन्छ । गर्मीका कारण राम्रो भन्दापनि सजिलो कपडा छान्नु पर्ने कारणले त्यस्तो भएको हो ।

त्यसो त कसैकसैका लागि गर्मी मौसम नै फेशनको अवसर हुन सक्छ, खासगरी काठमाडौं तथा पोखरा जस्ता पहाडी शहरहरुमा, जहाँको तापक्रम अचाक्ली माथि जाँदैन ।

कुरो जे भएपनि गर्मीमा कपडा छान्न नजान्ने हो भने तपाईंको स्टायलिस व्यवहार नै प्रत्युत्पादक बन्न सक्छ । गर्मीमा पुरुषहरुले आफूलाई सहज हुने कपडामा कसरी ‘कुल’ देखाउने भन्ने बारे हामीले फेशन डिजाइनर सुरक्षा रेग्मीबाट टिप्स लिएका छौं ।

सर्टस्

 गर्मी मौसममा सर्ट्स वा हाफ प्यान्ट्स प्रायको रोजाइ बन्ने गरेको छ । किनकी यसले कम गर्मीको महशुस गराउनुका साथै स्टायलिस पनि देखाउछ ।

तर सर्ट्स छान्दा पनि रङ र कपडाबारे ध्यान दिनु आवश्यक छ । रेग्मीका अनुसार पेस्टल कलरका सर्टस् गर्मी मौसमका लागि उपयुक्त अप्सन हो । पेस्टल कलर भन्नाले जुनसुकै रङमा सेतो रङ मिसिएको हुन्छ ।

तर आफ्लाई स्लिम देखाउनका लागि भने खैरो, कम्ब्याट कलर, कालो र नेभी ब्लू उपयुक्त हुन्छ ।

समरमा कटन तथा ट्विल फेब्रिकका सर्ट्सहरु उपयुक्त हुन्छ । यस्ता कपडामा आफूलाई कुल देखिन तथा कुल अनुभव गर्न सकिन्छ । त्यसो त जिन्सका सर्ट्स पनि गर्मीमा उपयोगी हुन्छ ।

सर्ट

गर्मीमा विशेष गरी हलुका सर्ट लगाउनु पर्छ । कटन, सिल्क, सिन्कर, लिनन फेव्रिकको सर्ट सबैभन्दा उपयोगी हुन्छ ।

फेसन ट्रेन्ड पछ्याउनेहरुका लागि ‘प्यार्टन्ड सर्ट स्लिभ’का सर्ट पनि अप्सन बन्न सक्छ । किनकी अहिले त्यसकै ट्रेन्ड छ ।

तर ‘ब्लोइन र हवेयन’ सर्ट नलगाउँदा उपयुक्त हुन्छ । यस्ता डिजाइनले तपाईंको सौन्दर्यलाई फिक्का बनाइदिन सक्छ । हलुका फुलबुट्टे भने लगाउन सक्नुहुन्छ ।

प्यान्टस्

समरमा हाफ प्यान्ट्स लगाउन सहज र राम्रो देखिन्छ । तर, सबै ठाउँमा त्यो उपयोगी नहुन सक्छ । त्यसैले गर्मीमा प्यान्ट्स छान्दा पनि विशेष ध्यान दिनुपर्छ ।

लाइटर सेड्स, बोल्ड लुक्सका लागि कालो रङ उपयोगी हन्छ । त्यसो त कालो जिन्स सधै राम्रो देखिन्छ ।

गर्मीमा जिन्स, कटन तथा ट्वील फेव्रिकका प्यान्ट्स छान्नुहोस ।

जुत्ता, चप्पल

गर्मीमा जुत्ताचप्पलमा भने तपाईंसँग प्रशस्तै अप्सन हुन्छन् । समर सुज, भ्यान्स या बोट सुज लगाउने सल्लाह डिजाइनर रेग्मी दिन्छिन् ।

स्टायलिस देखिन उपयुक्त रङ छान्नुहोस । त्यसमा पनि सेतो बढी उपयोगी हुन्छ ।

आउटर

गर्मीमा हलुका आउटर लगाउनुहोस ताकी खोलेर बोक्नु परेको अवस्थामा भारी नहोस । किनकी घाम चर्किंदा दिनभरी लगाउन नमिल्ने वा नसकिने पनि हुन सक्छ ।

बम्बर विण्डचिटर तथा सादा जकेट लगाउन सबैभन्दा उपयुक्त हुन्छ ।

 

 

क्याप

गर्मीमा क्यापले धेरै काम गर्छ: धुलो र घामबाट कपाललाई जोगाउने, अनुहारलाई घामबाट जोगाउने र स्टायल देखिने ।

यसले तपाईंको आँखाको सुरक्षामा पनि सहयोग गर्छ । तर, क्याप छान्दा भित्र पसिनान बाफिने खालको लिनुपर्छ । कटन वा जिन्सको क्याप उपयुक्त हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here