सुनचाँदीको भाउ घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामा ६ र चाँदी तोलामा २० रुपैयाँ घटेको हो । छापावाल सुन बुधबार घटेर तोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदी बुधबार घटेर १२०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here