सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं, ३० असोज । शुक्रबार सुनको भाउ बढेको छ । अघिल्ले दिनको तुलनामा शुक्रबार सुन तोलाको ४ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज बढेर ९४ हजार ९ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ४सय रुपैयाँले नै बढेर ९४ हजार ४ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ भने आज स्थिर रहेको छ । चाँदी आज तोलामा १२ सय रुपैयाँ कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here