६ महिनामा ३६७ वटा बलात्कारका घटना, ७७ प्रतिशत १८ वर्ष मुनिका

काठमाडौं, ६ असोज । बलात्कार घटना बढ्दो क्रममा रहेको छ । ओरेक अभिलेखिकरण अनुसार ६ महिनाको अवधिमा(बैशाख देखि असोजसम्म) ३६७ वटा बलात्कार घटना भएका छन् ।

जसमा ४४ वटा सामुहिक बलात्कारको घटना घटेका छन् । यसैगरी ८२५ वटा (४९ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलन भएको छ ।

त्यसैगरि १६० वटा (१० प्रतिशत) सामाजिक हिंसाको घटना, ७१ वटा (४ प्रतिशत) हत्याको घटना, ५१ वटा (३ प्रतिशत) बलात्कारको प्रयासका घटना संकलन भएका छन् ।

साथै १८ वटा (१ प्रतिशत) मानव वेचविखन, ७६ वटा (५ प्रतिशत) यौन दुव्र्यवहार, ६१ वटा (४ प्रतिशत) आत्महत्याका घटना र ३१ वटा अन्य (२ प्रतिशत) घटनाको तथ्याँक संकलन भएको छ ।

बलात्कार, बलात्कार प्रयास तथा यौन दुव्र्यवहारको तथ्यांकलाई हेर्दा ३० प्रतिशत महिलातथा बालिका माथि हुने हिंसाका घटना यौनजन्य हिंसा रहेको पाइन्छ जुन घरेलु हिंसा पछाडी सबैभन्दा बढी रहेको छ ।

बलात्कारबाट प्रभावित मध्ये २८३ जना (७७ प्रतिशत) १८ वर्ष मुनिका बालिका र किशोरी रहेका छन् जसमा २ वर्षदेखि १० वर्षसम्मका ३९ जना (१३ प्रतिशत) बालिका छन् ।

११ देखि १८ वर्षमुनिका २४४ (८६ प्रतिशत) बालिका र किशोरी रहेका छन् । प्रभावितको आरोपितसँगको सम्बन्ध हेर्दा १६१ जना (५७प्रतिशत) आरोपित छिमेकी, ५३ जना (१९ प्रतिशत) परिवारका सदस्य, २३ जना (८ प्रतिशत) प्रेमी, ४ जना (१ प्रतिशत) शिक्षक, ८ जना (३ प्रतिशत) सेवाप्रदायक र २५ जना (९ प्रतिशत) मात्र अपरिचित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here