स–साना कुरा जसले तपाईंलाई खुसी राख्न मद्दत गर्छ

सबै मानिसमा आफ्नो जीवन सुखी र खुसीयालीपूर्ण तरिकाले बितोस भन्ने चाहना हुन्छ ।

जीवनमा खुसी हुनको लागि हामीलाई प्रतिष्ठा र धन चाहिन्छ भनेर धेरैले सोच्ने गर्छन् तर यो सहि होइन । खुसी हुनको लागि हामीलाई ठूलो महल, विलासी गाडी अथाह धनदौलत वा राम्रो आम्दानी नै चाँहिदैन मात्रै जीवन कसरी बिताउने भन्ने ज्ञान हुनुपर्छ ।

व्यस्त जीवनमा हामी आफुलाई खुसी राख्ने कोसिस गर्दा गर्दै पनि असफल हुने गर्छौं । तर तपाईंलाई थाहा दिँउ खुसी हुनको लागि धेरै ठुलो काम गर्न आवश्यक छैन् ।

आफ्नो दैनिक जीवनमा गरिने ससानाकामहरुबाट नै हामीले नै खुसी खोज्न सक्छौं ।

हामी के खाने, के गर्ने र कहाँ जाने भन्ने कुराको लागि धेरै मात्रामा सोच्ने गर्दछौं तर कसरी खुसी हुने भन्ने कुरामा भने विचार बिमर्श नै गर्दैनौं यसकारण हामी दुखी बन्दै गइरहेका छौं ।

बाँच्नको लागि सकरात्मक उर्जा र खुसी आवश्यक पर्दछ । खुसी र आत्मसन्तुष्टि विनाको जीवनको कुनै प्रकारको औचित्य नै हुदैन् ।

दैनिक जीवनका साना साना कुराहरुमो खुसी खोज्ने कोशिस गरेमा जीवनका चुनौतिहरु कम हुने गर्छन् र जीवन सुखी बन्छ ।

१. धेरै समय एक्सरसाईज गर्नुस्

एक्सरसाईज गर्ने बानीले तपाईंलाई स्वस्थ र फिट त राख्छ नै यसले खुसी पनि प्रदान गर्छ । विशेषगरी एक्सरसाईजले डिप्रेसन कम गर्ने काम गर्दछ ।

दैनिक नियमित रुपमा व्यायाम गर्ने बानीले तपाईंको मस्तिष्कको क्षमता पनि बढाउँछ ।

२. लक्ष्य अनुसार काम गर्नुस्

आफ्नो जीवनको लक्ष्यलाई पहिचान गरी लक्ष्य पुरा गर्नको लागि काम गर्नुपर्दछ । जीवनमा केहि योजनाहरु बनाएर त्यसलाई पुरा गर्ने कोसिस गर्नुहोस् ।

आफ्नो लक्ष्य पुरा गर्नका लागि काम गर्दा मनमा सन्तुष्टि हुने गर्दछ ।

३. साथीभाई र परिवारसँग समय बिताउनुहोस्

फुर्सदको समयमा साथीभाई र परिवारसँग समय बिताउने बानीको कारण हाम्रो जीवनमा खुसीको मात्रा बढ्ने गर्छ । नियमित रुपमा आफ्ना आत्मिय मानिसहरुसँगको भेटघाट, घुमफिरले मेरो लागि पनि जीवनमा कोहि छ भन्ने कुराको आत्मविश्वास हुने गर्छ ।

४. काममा ब्रेक लिने

कुनै पनि काम गर्दै जाने क्रममा धेरै तनाव महसुस भएमा वा नकारात्मक प्रकारको कुराहरु दिमागमा आएमा त्यतिखेर केही समयको लागि ब्रेक लिनुहोस् ।

कामको चाप र तनावलाई कम गरेर खुसी र ताजा महसुस गर्नको लागि कतै घुम्न जाने, फिल्म हेर्ने कुनै खेल खेल्ने गर्दा राम्रो हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here