नेशनल माइक्रोफाइनान्स रामगोपालपुरमा, शाखा कार्यालय ५० पुग्यो

काठमाडौं, १ जेठ । राष्ट्रियस्तरको नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लि.ले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा न.६ रामगोपालपुर बजारमा नयाँ शाखा बिस्तार गरेको छ ।

नगरपालिकाका मेयर अशोक कुमार मण्डल र संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले शाखाको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

चालु आर्थिक वर्षको २०७५ चैत मसान्तसम्ममा हिमाल, पहाड र तराईका गरी ५० शाखा कार्यालयमार्फत संस्थाले देशका सातै प्रदेशका ३७ वटा जिल्लामा सेवा विस्तार गरेको छ ।

साथै ७५ हजार भन्दा वढी विपन्न परिवारमा पुगेको दाबी पनि उसले गरेको छ । हालसम्म संस्थाको लगानीमा रहेको कर्जा ३ अर्व ४८ करोड रुपैयाँ र बचत रु. १ अर्ब १५ करोड रुपैयाँ भन्दा वढी संकलन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here