थप ३३०९ जनामा कोरोना पुष्टि, ३८४४ जना संक्रमणमुक्त

काठमाडौं, १९ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८४४ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ४४ हजार ९७८ पुगेको मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here