बेलकोटगढी नगरपालिकाका इन्जिनियर पर्वत पौडेल घुस सहित पक्राउ

नुवाकोट, २२ कात्तिक । नुवाकोटको बेलकोटगढी नगरपालिकाका इन्जिनियर पर्वत पौडेल घुस सहित पक्राउ परेका छन ।

शनिबार बिहान जिल्लाकै विदुर नगरपालिकाको बट्टार बजारमा रहेको एक मिठाइ पसलबाट ७५ हजार घुससहित पक्राउ परेका हुन ।

उनी सागर मिठाइ भण्डारबाट सेवाग्राहीसँग लिएको ७५ हजार घुससहित रंगेहात पक्राउ परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।

यसअघि पनि बेलकोटगढी नगरपालिकाकै इन्जिनियर बद्री भण्डारी काठमाडौँबाट घुससहित पक्राउ परेका थिए ।

घुससहित पक्राउ परेका पौडेल बेलकोटगढी नगरपालिकाले नै भर्ना गरेका करारका इन्जिनयर हुन ।

बेलकोटगढी नगरपालिकामा बिगत केही बर्ष देखि इन्जिनियरमा सिनियर पोष्टमा रहेका पौडेलले नगरका विभिन्न वडाहरुका सडक निर्माणका कामहरुमा आफ्नो भुमिकालाई बलियो बनाउदै आइरहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here