काठमाडौं उपत्यकामा १५१२ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २२ कात्तिक । काठमाडौं उपत्यकामा १५१२ जना कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२९४, ललितपुरमा १४१ र भक्तपुरमा ७७ जनालाई कोरोना संक्रमण देखिएको छ।

काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या १५४५५ पुगेको छ। ललितपुरमा २१९१ र भक्तपुरमा १२१६ सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here