थप २५६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौं, २६ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ८१ नमुना परीक्षण गर्दा २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख २ हजार हजार ३२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६६६जना निको भइ घर फर्केका छन्। यो सँगै नेपालमा एक लाख ६२ हजार २४३ जना संक्रमित उपचारपछि निको भएका छन्।

हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here