सीमा नाकाको प्रतिबन्ध एक महिना थप, नेपालीबाहेकले प्रवेश नपाउने

काठमाडौं, २७ कात्तिक । सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सीमा नाकामा लगाएको प्रतिबन्ध एक महिना थप गरेको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।

सरकारले यसअघि कात्तिक ३० गतेसम्म सीमा नाकामा प्रतिबन्ध लगाएको थियो । कोरोना महामारीका कारण चैत ११ यता नेपालका सबै स्थल नाकाबाट नेपालीबाहेकलाई प्रवेशमा रोक लगाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here