बालुवाटारमा प्रधानमन्त्रीले गरे चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउँसो चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर सामूहिक छलफल गरेका छन् ।

पार्टीमा विवाद बढ्दै गर्दा प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुसँग आइतवार छलफल गरेका हुन् ।

छलफलमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख डा. गणेश अधिकारीको उपस्थिति रहेको थियो ।

सुरक्षा निकायका प्रमुखसँग के विषयमा कुराकानी भएको थियो भन्ने कुरा सार्वजनिक नभएपनि पार्टीभित्र विवाद बढ्दै गर्दा चारवटै सुरक्षा निकायसंग भएको भेटघाटलाई अर्थपूर्ण रपमा हेरिएको छ ।

प्रधानमन्त्रीको यो छलफललाई बालुवाटार स्रोतले भने नियमित छलफल रहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here