गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

गुल्मी, १२ मंसिर । गुल्मीको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।

दोहलीको हुल भन्ने ठाउँबाटबाट तम्घासका लागि छुटेको लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका-४ दोहलीमा शुक्रबार बिहान साढे सात बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा एक महिला र चार पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।

जीपमा चालकसहित ९ जना थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here