गोरखा क्याम्पसको आइसोलेसन बन्द गर्ने निर्णय

गोरखा । जिल्ला भित्रका कोरोना संक्रमित बिरामीको उपचारका लागि गोरखा क्याम्पसमा निर्माण गरिएको आइसोलेसन बन्द गर्ने निर्णय भएको छ ।

करिब ७४ लाख रुपैयाँ लागतमा निर्माण गरिएको करेन्टाईन सहितको आइसोलेसन बन्द गर्ने निर्णय जिल्ला बिपत व्यवस्थापन समिति तथा कोरोना रोकथाम नियन्त्रण र न्युनिकरणका लागि गठित जिल्ला स्तरीय कमाण्डपोष्टको बिहिवार बसेको बैठकले गरेको हो ।

यसअघि क्याम्पस सञ्चालन गर्नुपर्ने तथा क्याम्पसमा पूर्वाधार निर्माण समेत गर्ने तयारी भएकाले क्याम्पसले पटक–पटक आइसोलेसन हटाइदिन अनुरोध गरेपछि आइसोलेसन हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यलयले बताइएको छ ।

आइसोलेसन प्रयोग भएको र त्यहाँ बाँकी रहेका सामाग्रीको व्यवस्थापन जिल्ला प्राससन कार्यालय, गोरखा नगरपालिका र गोरखा अस्पतालले गर्ने निर्णय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here