गुल्मी जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

फाइलफोटो

गुल्मी, १२ मंसिर । गुल्मीको इस्मा गाउँपालिकामा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी थप दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ईस्मा गाउँपालीका ४ का ६५ वर्षीय डम्बर बहादुर धिताल, ३३ वर्षीय चित्र बहादुर दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी, इस्मा गाउँपालिका ४ का १९ वर्षीय पर्शुराम थापा र मालीका गाउँपालीका ५ की ८० वर्षीया सुन्दरी थापा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङ घाइते भएका छन् । घाइतेहरुको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । जीप अनियन्त्रीत भई सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ । जीपका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका ४ अन्तर्गत हुलबाट सदरमुकाम तम्घासतर्फ जाने क्रममा शुक्रबार बिहान हुलको स्कुल नजिकै दुर्घटना भएको थियो ।

गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here