चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे काठमाडौंमा

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन् । फेङ्हे केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

केही घण्टाका लागि मात्रै काठमाडौं आएका फेङ्हे उच्चस्तरीय राजनीतिक भेटवार्ता गरी आजै फिर्ता हुके कार्यक्रम छ ।

चिनियाँ दूतावासमा केही समय बिताएपछि औपचारिक भेटवार्ताका लागि निस्किने उनको योजना रहेको छ । भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई अर्थपुर्ण रुपमा हेरीएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here