अष्ट्रेलियाले एक खेल अघि नै जित्यो भारत विरुद्धको एकदिवसीय श्रृंखला

काठमाडौं । लगातार दुई खेलमा जित निकाल्दै अष्ट्रेलियाले भारत विरुद्धको तीन खेलको एकदिवसीय श्रृंखला २-० ले जितेको छ ।

आज अष्ट्रेलियाको घरेलु मैदानमा भएको खेलमा भारतलाई ५१ रनले पराजित गर्दै एकदिवसीय श्रृंखला एक खेल अघि नै जितेको हो ।

अस्ट्रेलियाले दिएको ३९० रनको विशाल लक्ष्य पछ्याएको भारतले पूरा ५० ओभर खेल्दै ९ विकेट गुमाएर ३३८ रन मात्र बनाउन सक्यो ।

भारतका लागि विराट कोहलीले सर्वाधीक ८९ रन बनाए । त्यस्तै, के. एल राहुले ७६ रन बनाउनु बाहेक अन्य व्याट्म्यानले ठूलो स्कोर बनाउन सकेनन् ।

बलिङतर्फ अस्ट्रेलियाका कमिन्सले सर्वाधिक ३ विकेट लिए ।

यसअघि भारतलाई ठूलो लक्ष्य दिने क्रममा जम्मा ६४ बलको समना गरेका स्मिथले १०४ रनको योगदान गरेका थिए । साथै, वार्नरले ८३, म्याक्सवेलले जम्मा २९ बलमा ६३ रनको गोगदान दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here