पशुपति मुरारका महासंघको विशिष्ट सदस्य, मानार्थ सदस्यमा किशोर प्रधान मनोनित

काठमाडौं, १५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको बैठकले पशुपति मुरारकालाई विशिष्ट सदस्य चयन गरेको छ ।

नवनियुक्त अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा बसेको पहिलो कार्याकारीणी समितिको बैठकले महासंघका पूर्वअध्यक्ष मुरारकालाई विशिष्ट सदस्य मनोनित गर्ने निर्णय गरेको हो ।

यसअघि महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल विशिष्ट सदस्य थिए । अघिल्लो कार्यसमितिमा विशिष्ट सदस्यमा रुपमा रहेको ढकाललाई पन्छाउँदै यस पटकको विशिष्ट सदस्यमा गोल्छाले मुरारकालाई अघि सारेका हुन् ।

यसैबीच महासंघको आजको बैठकले मानार्थ सदस्यमा किशोर प्रधानलाई मनोनित गर्ने निर्णय गरेको छ । प्रधान वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालसँग पराजित भएका थिए ।

महासंघको विधानमा मानार्थ सदस्य नभएपनि गोल्छाले प्रधानलाई पनि समेट्नुपर्ने भन्दै मनोनयनको प्रस्ताव ल्याएका थिए । यस्तै, पहिलो बैठकले प्रदेश १ का अध्यक्ष नरेश खड्कालाई केन्द्रिय कार्यकारिणी सदस्यमा मनोनित गर्ने पनि निर्णय गरेको छ ।

उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले सपथ लिए

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here