प्रधानमन्त्री ओली टिकटकमा, एकदिनमै फलोअर्स र भ्युजको बाढी !

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब टिकटकमा हेर्न पाइने भएको छ ।

प्रम ओलीले आइतबारदेखि भिडियो सेयरिङ एप टिकटकमा एक भिडियो सेयर गर्दै आफ्नो उपस्थिति देखाएका हुन् । उनको एकाउन्ट एकदिनमै भेरिफाइड समेत भइसकेको छ भने फलोअर्सहरु धमाधम बढिरहेका छन् । टिकटकमा उनले केही दिनअघिको एउटा भाषणको अंश राखेका छन्।

यो समाचार तयार गर्दा एउटा भिडियो मात्रै अपलोड गरिएको छ भने भिडियोको भ्युज १ लाख ५२ हजार बढी पुगिसकेको छ। २ सय २५ कमेन्ट, ११ हजार बढी लाइक र १८० जनाले प्रधानमन्त्रीको भिडियो सेयर गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here