गोरखाको अवैध क्रसर तत्काल बन्द गर्न प्रशासनको निर्देशन

गोरखा । जिल्लामा सञ्चालन भईरहेका अवैध क्रसर उद्योगहरु बन्द गराउननको लागि जिल्ला प्रशासन कार्यालय गोरखाले स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।

कार्यलयले आइतबार पत्र लेखी आ–आफ्नो स्थानीय तहमा सञ्चालन भईरहेका अवैध क्रसरहरु बन्द गराउन निर्देशन दिएको हो ।

‘पालिकाभित्र सञ्चालित क्रसर उद्योगहरु कानून बमोजिम गर्नुपर्ने नवीकरण तथा प्रक्रिया नपुगेको देखिएकाले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा रणनीतिक आयोजनालाई सामग्री आपूर्ति गर्नका लागि खुलेका तथा सम्झौता भएकाको हकमा सोही आयोजनालाई मात्र आपूर्ति गर्ने गरी तथा प्रक्रिया नपुगेकाको हकमा हाललाई तत्काल बन्द गर्नु गराउनु हुन आदेशानुसार अनुरोध छ,’ प्रशासनको पत्रमा उल्लेख छ ,

प्रशासनले स्थानीय तहमा रहेका खोला तथा नदीनालामा अवैध रुपमा ढुङ्गा, गिटी, वालुवा उत्खननमा समेत प्रतिबन्ध गर्न समेत निर्देशन दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here