‘नियमित औषधी खाईरहेका एच.आई.भी संक्रमित कोरोनासंग आत्तिनु पर्दैन्’ डा. सुधा देवकोटा

काठमाडौं, १५ मंसिर । नियमित औषधी आईरहेका एच.आई.भी संक्रमित कोरोना संक्रमणसंग आत्तिनु नपर्ने कुरा डा. सुधा देवकोटाले बताएकी छिन् ।

३३औं विश्व एड्स दिवस पुर्व सन्ध्याको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रकी निर्देशक डा. देवकोटाले एच.आई.भी संक्रमित कोरोना संक्रमणसंग आत्तिनु नपर्ने बताएकी हुन् ।

‘कोरोना संक्रमण बढ्दो क्रम छ, यसविचमा एच.आई.भी संक्रमितलाई कोरोनाको जोखिम उच्च रहने भनिएपनि वास्तवमा यस्तो छैन् ।’ देवकोटाले भनिन्, ‘ एच.आई.भी संक्रमितले नियमित रुपमा औषधी खाईरहने हो भने कोरोनासंग आत्तिनु पर्दैन् ।’

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार नेपालमा अहिलेसम्म ३० जना एच.आई.भी संक्रमितलाई कोरोना संक्रमण भएको छ । यसमा, ३० जनाले नै कोरोना जितिसकेका छन् ।

विश्वभर अहिलेसम्म ३ करोड ८० लाख भन्दा धेरै मानिसहरु एच.आई.भी संक्रमित भएका छन् । नेपालको सन्दर्भमा भने, अहिलेसम्म २९ हजार ५०३ जनालाई एच.आई.भी लागिसकेको छ । जसमा १७ हजार ५८७ जना पुरुष र ११ हजार १ सय १६ महिला रहेका छन् ।

हरेक वर्ष डिसेम्बर १ तारिखमा विश्व एड्स दिवस मनाईन्छ । यस पटक एड्स दिवसको नारा ‘एच.आई.भी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा निम्मेवारी’ राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here